पोखरा सडक महोत्सव पुस १३ बाट

पाेखरा | मंसिर २४, २०८१

पोखरा सडक महोत्सव पुस १३ बाट

पोखरा:    रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान)को आयोजनामा २६औं संस्करणको पोखरा सडक महोत्सव यही पुस १३ देखि १७ गतेसम्म हुने भएको छ । 

रेवान पोखराले आज पोखरामा पत्रकार सम्मेलन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्न पोखरा सडक महोत्सवबारे जानकारी दिएको हो । 


२६ औं संस्करणको सडक महोत्सवमा लेकसाइड क्षेत्रको ३ किलोमिटर क्षेत्रमा महोत्सव आयोजना हुने संयोजक विकास भट्टराईले बताए । 


‘आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्न पोखरा सडक महोत्सव आयोजना गरिएको छ, महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ’, संयोजक भट्टराईले भने, ‘महोत्सवमा लेकसाइड क्षेत्रको ३ किलोमिटर क्षेत्रमा सडक मै खाउ, सडक मै रमाउँ भन्ने नारालाई आत्मसाथ गर्दै छौं ।’


महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानिय उत्पादति हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिएको छ । 


महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालिको टुवोर्ग वियर र सह प्रायोजकमा ज्याक ड्नियल ह्स्किी, पेप्सी, जिंक, खुकुरी रम रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद रहेका छन् ।
 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्